गौरापर्व सामाजिक पुनर्मिलनको अवसर : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

गौरापर्व सामाजिक पुनर्मिलनको अवसर : उपराष्ट्रपति यादव


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताएका छन् ।

गौरापर्व २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले गौरापर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विश्वास व्यक्त गरे। गौरी–महेश्वरको आराधना गरिने गौरापर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक हो ।

यस पर्वमा पाँच प्रकारका अन्नको मिश्रण ‘बिरुडा’ प्रसादस्वरुप ग्रहण गर्ने परम्परा रहिआएको छ । यस अवसरमा देउडा, धमारीजस्ता लोकनृत्य तथा गीतमार्फत महिला–पुरुष छुट्टाछुट्टै गोलबद्ध भई सामूहिक उत्सवका रूपमा मनाउने चलनले गौरापर्वलाई थप जीवन्त बनाएको छ ।

उपराष्ट्रपति यादवले भनेका छन्, ‘हिन्दू नारीद्वारा सुसौभाग्य, शुद्धता, सुख–शान्ति तथा समृद्धिको कामनासहित मनाइने यो पर्व एक सुसंस्कृत अनुष्ठानमात्र नभई भ्रातृत्व, सहअस्तित्व र मातृभूमिप्रतिको गहिरो प्रेमको अभिव्यक्ति पनि हो, विशेषतः विदेशमा रहेकाहरूले यस पर्वका अवसरमा आफ्नो थातथलोमा फर्केर पूजाआराधना गर्नु माटोप्रतिको उनीहरूको निष्ठा र भावनात्मक सम्बन्धको सशक्त प्रमाण हो ।’

गौरापर्वले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैले एउटै वृत्तमा हातेमालो गर्दै पर्वको उल्लासमा सहभागी हुने परम्पराले सामाजिक समता, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी, लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकियो भने पर्वहरू राष्ट्र निर्माणका आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ९ : ०६ बजे

मशल, मनी र दुश्मनीको सत्ता

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क, दिक्क देवराज इन्द्र माछाको रूप धारण

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन

चीनमा पुटिन, सी र मोदीबीच भेटवार्ता

काठमाडौं – चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका

एमाले विधान महाधिवेशन चार दिन बाँकी : कहाँ पुग्‍यो तयारी ?

काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको अबको चार चारपछि

काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट