वसन्तपुरमा इन्द्रजात्राको तयारी : मन्दिरको झार हटाइँदै (तस्बिरहरू) « Khabarhub

वसन्तपुरमा इन्द्रजात्राको तयारी : मन्दिरको झार हटाइँदै (तस्बिरहरू)


१६ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरूले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ ।

यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ । 

यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ । माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ ।

विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा झार पलाएको विषयमा नेपाल फोटो लाइब्रेरीले गत साता फोटो फिचर गरेको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ११ : ५६ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका