‘मोदीको जापान भ्रमणले प्रविधि क्षेत्रमा द्विपक्षीय सहकार्यको नयाँ अध्याय शुरु’ « Khabarhub

‘मोदीको जापान भ्रमणले प्रविधि क्षेत्रमा द्विपक्षीय सहकार्यको नयाँ अध्याय शुरु’


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान भ्रमणले दुई देशबीच प्रविधि क्षेत्रमा सहकार्यको नयाँ अध्याय शुरु भएको छ । दुई देशबीच प्रविधिको क्षेत्रमा खासगरी सेमिकन्डक्टरमा सहकार्यको नयाँ आयाम शुरु भएको जापानको वाह्य व्यापार संगठनका उपाध्यक्ष काजुया नाकाजोले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले मोदीको भ्रमणले दुई देशबीच सेमिकन्डक्टर क्षेत्रमा सहकार्यको नयाँ सम्भावना खुलेको बताएका हुन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको सेमिकन्डक्टर क्षेत्रको महत्वपूर्ण कम्पनी टोक्यो इलेक्ट्रोनको भ्रमण गर्नुभयो । यसले वाफर्सजस्ता सामग्री बनाउँदै आएको छ । यो जापानी सेमिकन्डक्टर कम्पनीको जननी हो ।’ उनले भने ।

जापानले सेमिकन्डक्टर मेसिनरी उत्पादनको नेतृत्व गरिरहेको भन्दै उनले भारतमा यसको उत्पादन गर्न प्रतिबद्ध रहेको जनाकारी दिए । उनले मोदीको भ्रमणको समय पनि निकै महत्वपूर्ण रहेको टिप्पणी गरे ।

‘सन् २०१८ पछि यो पहिलो पटक हो । ७ वर्षको अन्तराल भयो । बीचमा कोभिड र अरु कुरा भए । तर जापानी व्यवसायीका लागि भारततर्फ विश्वास सिर्जना गर्न यो धेरै उत्तम समय हो ।’ उनले भने । जापान भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वदेशमा मजबुत प्रविधि आधार तयार पार्न जोड दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ६ : २८ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब