‘मोदीको जापान भ्रमणले प्रविधि क्षेत्रमा द्विपक्षीय सहकार्यको नयाँ अध्याय शुरु’ « Khabarhub

‘मोदीको जापान भ्रमणले प्रविधि क्षेत्रमा द्विपक्षीय सहकार्यको नयाँ अध्याय शुरु’


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जापान भ्रमणले दुई देशबीच प्रविधि क्षेत्रमा सहकार्यको नयाँ अध्याय शुरु भएको छ । दुई देशबीच प्रविधिको क्षेत्रमा खासगरी सेमिकन्डक्टरमा सहकार्यको नयाँ आयाम शुरु भएको जापानको वाह्य व्यापार संगठनका उपाध्यक्ष काजुया नाकाजोले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले मोदीको भ्रमणले दुई देशबीच सेमिकन्डक्टर क्षेत्रमा सहकार्यको नयाँ सम्भावना खुलेको बताएका हुन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको सेमिकन्डक्टर क्षेत्रको महत्वपूर्ण कम्पनी टोक्यो इलेक्ट्रोनको भ्रमण गर्नुभयो । यसले वाफर्सजस्ता सामग्री बनाउँदै आएको छ । यो जापानी सेमिकन्डक्टर कम्पनीको जननी हो ।’ उनले भने ।

जापानले सेमिकन्डक्टर मेसिनरी उत्पादनको नेतृत्व गरिरहेको भन्दै उनले भारतमा यसको उत्पादन गर्न प्रतिबद्ध रहेको जनाकारी दिए । उनले मोदीको भ्रमणको समय पनि निकै महत्वपूर्ण रहेको टिप्पणी गरे ।

‘सन् २०१८ पछि यो पहिलो पटक हो । ७ वर्षको अन्तराल भयो । बीचमा कोभिड र अरु कुरा भए । तर जापानी व्यवसायीका लागि भारततर्फ विश्वास सिर्जना गर्न यो धेरै उत्तम समय हो ।’ उनले भने । जापान भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वदेशमा मजबुत प्रविधि आधार तयार पार्न जोड दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ६ : २८ बजे

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश

खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु