धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा | Khabarhub Khabarhub

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ ।

काभ्रेको साविक दोलालघाट गा.वि.स. – ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

भण्डारीलाई पक्राउ गर्न अख्तियारको टोली केन्द्रीय कार्यालय टङ्गालबाटै खटिएको थियो । भण्डारीले घुस लिँदै गरेको जानकारी अख्तियारको टोलीले पाएको थियो ।

अख्तियारको टोली मालपोत कार्यालय परिसरमा भएकै बेला भण्डारीले सेवाग्राहीबाट घुस लिइरहेका थिए । अख्तियारको टोलीले उनलाई घुसबापतको दुई लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

भण्डारीको साथबाट एक थान मोबाइल पनि नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

घुस रकमसहित भण्डारी पक्राउ परेकोबारे अ.दु.अ.आ.को विज्ञप्ति :

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ५८ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र