कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण « Khabarhub

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको बहुप्रतिक्षित पुल निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति धनुषा, सिरहा र सप्तरी जिल्लाका स्थानीय तह प्रमुखले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा आज सम्पन्न अन्तरक्रियामा ती जिल्लाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थाबारे छलफल गरिएको हो ।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले हालको डिजाइनमा कमला पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाल्दै अब नयाँ डिजाइन, इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

पुलको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन समाधान खोज्न पनि सहभागीले एकमत भएर निर्णय गरेको बरियापट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले जानकारी दिए ।

विसं २०६८ मा सुरु भएको पुल निर्माण अहिलेसम्म पनि अधुरै रहँदा स्थानीय जनताको दैनिकीमा ठूलो असर परेको छ । बाढी, लापरवाही र ठेकेदारको गैरजिम्मेवारीले निर्माण प्रक्रिया पटकपटक अवरुद्ध भएको हो ।

पप्पु कन्स्ट्रक्सन र पछि लुम्बिनी विल्डर्सले जिम्मा लिँदा पनि समयमा काम पूरा गर्न नसकेको जनाउँदै अब जिम्मेवार र सक्षम निर्माण कम्पनीमार्फत काम अगाडि बढाइनुपर्ने आवाज पनि उठेको छ ।

अन्तरक्रियामा जनकपुर उपमहानगर प्रमुख मनोजकुमार साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, बरियापट्टी गाउँपालिका अध्यक्ष महतो, भवगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायत प्रतिनिधिहरूले यसपटक पुल निर्माणमा कुनै ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन् ।

बरियापट्टी गाउँपालिका अध्यक्ष महतोले भने, “अब जिल्लास्तरीय अन्तरक्रियासमेत गर्दै निर्माण कार्य सुरु गराउन दबाब सिर्जना गरिनेछ ।” पुल नहुँदा बर्सेनि बाढी, आर्थिक गतिविधिमा बाधा, विद्यार्थीको पढाइ, बिरामीको आवतजावतजस्ता विषयमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ३२ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान