गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती « Khabarhub

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font


‘सानी डाली घँगारुकी, मुसुरदानी ।
ठुम्के चरो बास ।।
म बाबाका माइत जान्छु, मुसुरदानी ।
नौगेडी ल्याइआस ।।’

अर्थात् (घँगारुको बोटमा ठुम्के नामको चरो बास बसेको छ । म माइत जाँन लागेकोले नौगेडी ल्याइदिनुस्)

यस्तै गीत गाउँदै गौरापर्व मनाउन धनगढीको गौरा घरमा यतिबेला दिनहुँ भेला भएने महिलाले डोटेली भाषामा प्रस्तुत ‘मुसुरदानी’ गीतको बोलमा गाउँदै माहोल तताइरहेको छ । महिलाले समूहमा गोलबन्द भई प्रस्तुत गरेको उक्त गीतको बोलमा आज महिलाहरु आपसमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिए । रौनक बढ्दा खेलपरिसर खचाखच थियो ।

ठाडो भाकाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गरिने माया, आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार पद्मादेवी भट्ट बताउँछन् । महिलामाझ ‘मसुरदानी’ गीत सुदूरपश्चिमका गाउँबस्तीमा सदियौँदेखि लोकप्रिय छ ।

अर्को समूहमा गोलबन्द महिला–पुरुषबीचको समूहमा दोहोरी शैलीमा देउडा गीत खेल्दै सवाल जवाफ भइरहँदा माहोल थप रोमाञ्चक बन्यो । दोहोरी शैलीमा सहभागी एकआपसमा मच्चीमच्ची नाचिरहँदा दर्शकहरु झनै रमाए । वर्षमा एकपटक मौलिक गौरापर्व मनाउन यतिबेला सुदूरपश्चिमका गाउँबस्ती यस पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् ।

कतिपय देउडा खेल खेल्दा एकआपसमा घोचपेच र तिखो व्यङ्ग पनि गर्ने गरिन्छ । चैत धमारीजस्ता गीतको बोलमा खेलिने खेलले भने देवी देवताको महिमा दर्शाउने गौरा गीतका गितेरु (गीतकार) सागर बोहरा बताउँछन् । सामाजिक विकृति विसङ्गति र कूशासनविरुद्ध देउडाका माध्यमले तिखो व्यङ्ग गर्दै सामाजलाई सही बाटोमा डोर्याउन यस्ता गीतले मद्दत पुयाउने जानकारहरु बताउँछन् ।

चैत, धमारी, फागलगायत खेलले इष्टदेव कूलदेवको महिमा दर्शाउने र देउडाका गीतले समाजका विकृति विसङ्गतिविरुद्ध तिखो व्यङ्ग गर्ने, आफ्नो गाउँठाउँका प्राकृतिक र धार्मिकस्थलको महत्वलाई पनि उजागर गर्ने गौरा खेल्दै आएका पुष्पराज पाण्डे बताउँछन् ।

गौरा र महेश्वर ९शिव०को पूजाआजा सकेपछि गौरा घर अथवा मन्दिर परिसरमा खेल खेल्ने गरिन्छ । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ लिइन्छ । सप्तमीका दिन व्रतालु हिन्दू महिला सामूहिक रुपमा नजिकैको खेतमा गएर बोट बिरुवाबाट तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग९धार्मिक अनुष्ठान० गाउँदै गौरालाई गौरा घर अथवा मन्दिरमा भित्र्याउने गर्दछन् ।

गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुखशान्ति हुन्छ भन्ने विश्वास गरिन्छ । यसैपर्वदेखि विवाहिता हिन्दू महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुब–धागो’ आ आफ्नो घाँटीमा लगाउने प्रचलन छ । अनुकूल बारका दिन गौरापर्वको विसर्जन गरिन्छ ।

माहोल बढ्दै जाँदा खेलमा रमाउनेहरुको आग्रहमा कतिपय गाउँमा गौरा खेल १०र१५ दिनसम्म खेल्ने गरिन्छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको कठोर व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले सोही विश्वासमा गौरापर्व मनाउने गरिएको भनाइ छ ।

पौराणिककालमा भृगुवंशी एक ब्राह्मणीले आफ्नो सतित्व रक्षाका लागि निराहार बसी गरेको शिव र पार्वती (गौरा)को पूजाको फलस्वरुप ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेकीले गौरालाई सर्वशक्तिमान भएको विश्वासमा गौरा पर्व मनाउन थालिएको देवी भागवत् पुराणमा उल्लेख गरिएको ज्योतिष मनिराज जोशी बताउँछन् ।

देवी देवताका गाथा एवं महिमा दर्शाउने गीत भने पछिल्ला वर्षमा पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको अवस्थामा यसको विकल्पमा देउडाको वर्चश्व देखिन थालेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ८ : २३ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस