देशभर साधारणतया बदली हुने, एकदुई स्थानमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

देशभर साधारणतया बदली हुने, एकदुई स्थानमा भारी वर्षाको सम्भावना


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारण तथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । 

कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ७ : ०१ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो