राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरेकी हुन् । उनले सम्बन्धित मन्दिरका पुजारीबाट फूलप्रसाद एवं टीका पनि ग्रहण गरेकी छन् ।

महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवीभगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  १० : ०३ बजे

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ

काठमाडौं– पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा प्रहरीले

जतिसक्दो छिटो दलित अधिकार विधेयक मस्यौदा तर्जुमा गर्छौं: कानुनमन्त्री सिन्हा

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले दलित

उपप्रमुख डंगोल र फिनल्याण्डका राजदूत पेट्रीबीच भेटवार्ता

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि फिनल्याण्डका

नाइजेरियामा बन्दुकधारी समूहद्वारा २५ छात्रा अपहरण

लागोस – एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली

बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना