काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि लोकप्रिय कार्यक्रम “कमेडी दरबार” युट्युबमा अपलोड हुन सकेको छैन।
कार्यक्रम निर्माण टिमले आफ्नो आधिकारिक फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै दर्शकसमक्ष क्षमा मागेको छ।
स्टाटसमा भनिएको छ, “सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन। सामाजिक सञ्जाल (युट्युब सहित)मा प्रतिबन्ध लागेपछि जति नै गुनासो गरेपनि हाम्रो कार्यक्रम ‘कमेडी दरबार’ लाई युट्युबमा अपलोड गर्न सकिएन। क्षमा प्रार्थी छौं भन्दा बढी केही भन्न पनि सकिएन।”
सामाजिक सञ्जालमा प्रतिबन्ध लागेपछि मनोरञ्जन कार्यक्रम, समाचार सामग्रीदेखि स्वतन्त्र सिर्जनात्मक अभिव्यक्तिसम्म प्रभावित भएको भन्दै आलोचना भइरहेको छ।
प्रतिक्रिया