एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु | Khabarhub Khabarhub

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा समूहगत छलफल सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरु भएको महाधिवेशनमा सबै प्रतिवेदन पेस भइसकेपछि आज समूहगत छलफल सुरु भएको हो ।

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको छ । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह छन् ।

जारी महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस गरिएको थियो ।

शनिबार बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गरे गरेका थिए ।

प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आआफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश दिएका छन् ।

दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेस गर्न महासचिव पोखरेले निर्देश गरेका छन् ।

त्यसैगरी बन्दसत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन गरेको छ । जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १२ : १३ बजे

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

लुम्बिनी– भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको

अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क

नेपालगञ्ज– नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क

अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भारत र अमेरिकाबीचको