डेङ्गी सङ्क्रमणको जोखिम कायमै, थप सचेत रहन आग्रह « Khabarhub

डेङ्गी सङ्क्रमणको जोखिम कायमै, थप सचेत रहन आग्रह


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय  कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ ।

भदौदेखि आगामी कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम बढी रहेकाले कामपाले थप सचेत रहन आग्रह गरेको हो । पछिल्लो समय कामपा डेङ्गी सङ्क्रमित पनि बढिरहेकाले यसले महामारीको रूप समेत लिन सक्ने भन्दै कामपाले अलि बढीनै सचेत रहन आग्रह गरेको कामपा स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले जानकारी दिए । 

भुसालका अनुसार, स्थानीय सरकार वा केन्द्रीय सरकारले उक्त रोग नियन्त्रणका लागि यो गरे वा गरेनभन्दा पनि प्रत्येक नागरिकले घरघरबाट डेङ्गी सङ्क्रमण नियन्त्रणको लागि पहल गरे ठूलो समस्याको सामना गर्नुपर्दैन त्यसैले यसको लागि नागरिक आफैँ पनि जिम्मेवार बन्न आवश्यक छ ।  

भुसालका अनुसार कार्यक्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने काम समेत भइरहेको छ । कामपाले यसअघिबाट नै लामखुट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान जारी राखिएको भुसालले जानकारी दिए ।  

डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेङ्गीको  लार्भा छन् ।

घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ’, भुसालले भने, ‘सामान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सबैभन्दा उत्तम हुन्छ ।’ त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतनाको कार्यक्रम कामपाले गरिसकेको छ । 
 
डेङ्गी भाइरसद्वारा सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टे सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा यसले फुल पार्छ ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  १२ : ४३ बजे

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ– ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७

ताइवानलाई हतियार बेच्ने २० अमेरिकी कम्पनीमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडौं- चीनले ताइवानलाई हतियार बेच्दै आएका केही चर्चित अमेरिकी कम्पनीको