बढी भाडा असुल्ने ६ सवारीसाधन प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

बढी भाडा असुल्ने ६ सवारीसाधन प्रहरीको नियन्त्रणमा


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिने ६ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार बढी भाडा असुल गर्ने छ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जनाएको हो।

दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ८ : ०६ बजे

लस एन्जेलसमा कर्फ्यू जारी रहन्छ : मेयर 

एजेन्सी– लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने

नारायणकाजीले भने- अहिलेको सरकार भ्रष्ट र निरंकुश हो, भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी

चार दिनपछि ग्वार्को फ्लाइओभरबाटै गाडी चल्ने

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन्

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा

दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा जारी अवरोध समाधानका लागि सभामुख