आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री « Khabarhub

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध गर्ने विपक्षी सांसदमाथि नै खनिएका छन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले विपक्षी सांसदहरूलाई सरकार कसरी सञ्चालन हुन्छ भनेर आफूले सिकाउने बताए ।

घोक्रो सुक्नेगरी भाषण गर्ने कति जना माननीयहरु हिजो अस्पताल जानुभयो ? भनेर प्रश्न गरेका उनले आत्मदाहको घटनामा नगर प्रहरीको संलग्नता रहेको बताए ।

‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो, अनि एउटा स्थानीय सरकार भयो’, उनले भने, ‘जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले ह्वील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? ह्वील लक लगाएको छ ? नगर प्रहरीले लगाएको छ ।’

उनले विपक्षी राजनीतिक दललाई भने दुई तहको सरकार उनीहरूसँग नै भएको भन्दै अहिलेको नियम कानुन आफूहरूले बनाएको हो भनेर प्रश्न गरे । साथै, उनले विपक्षीहरूले बनाएको नियम कानुन नै आफूहरूले कार्यान्वयन गरेको पनि बताए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ४ : ०२ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर