सामुदायिक वनबाट पाँच लाख ८२ हजार परिवार लाभान्वित « Khabarhub

सामुदायिक वनबाट पाँच लाख ८२ हजार परिवार लाभान्वित


२१ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशमा कुल वन क्षेत्रको ७१ प्रतिशत भाग समुदायद्वारा संरक्षित सामुदायिक वनको अधीनमा रहेको तथा त्यसबाट पाँच लाख ८२ हजार ६४९ परिवार लाभान्वित भएका छन् ।

प्रदेशको छ लाख ५७ हजार ४२१ हेक्टर क्षेत्रफल वनमध्ये चार लाख ६७ हजार ७९ हेक्टर  सामुदायिक वनले ओगटेको धरानस्थित कोशी प्रादेशिक वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिए ।

देशको वन क्षेत्रलाई सञ्चालनका आधारमा सामुदायिक, कबुलियत, निजी, धार्मिक, साझेदारी  र सरकारद्वारा व्यवस्थित वन गरी छ भागमा वर्गीकरण गरिएको छ । कोशी प्रदेशमा निजी र धार्मिक वनको क्षेत्रफल न्यून छ । प्रदेशका १३७ पालिकामा तीन हजार ७२१ वटा सामुदायिक वन छन् । 
। 

प्रदेशमा चार हजार २३७ हेक्टर क्षेत्रफल ओगटेको ९८२ वटा कबुलियत वन, दुई हजार ८९ हेक्टर क्षेत्रफल ओगटेको दुई हजार ८७ वटा निजी वन, ४९५ हेक्टर क्षेत्रफल ओगटेको ५४ वटा धार्मिक वन र सात हजार ३१२ हेक्टर क्षेत्रफल ओगटेका चारवटा साझेदारी वन  छन् । 

कबुलियत वनमा आठ हजार ८३८, निजीमा दुई हजार ८७, धार्मिकमा ५४ वटा धार्मिक संस्था र साझेदारीमा एक लाख ६३ हजार ७८० परिवार आबद्ध छन् । प्रदेशका सामुदायिक वनमध्ये ४९ वटाले पर्या–पर्यटन गतिविधि सञ्चालन गर्दै आएका छन् । 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ४ : १८ बजे

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

काठमाडौं– नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका

जनता समाजवादी पार्टी र जसपा नेपालबीच एकीकरण 

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता

रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

नेपाल– चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प

वर्षाले क्षतिग्रस्त इलामका सडक मर्मत–पुनर्निर्माणका लागि २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौं–  गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका