१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको छ ।

स्थानीय ताल्ढुङ्गा स्वास्थ्यचौकीमा भर्ना भएको २४ घण्टासम्म पनि बच्चा जन्माउन नसकेपछि १९ वर्षीया आयुष्मा भ्लोनको आज उद्धार गरिएको हो ।

अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उनको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले जानकारी दिए ।

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगिएकामा बच्चा जन्मिएको र आमाको स्वास्थ्य सामान्य रहेको जानकारी आएको उनले बताए ।

यहाँ एक साताअघि मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ३२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील