जेन–जी पुस्ताको आन्दोलनले उपत्यकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी « Khabarhub

जेन–जी पुस्ताको आन्दोलनले उपत्यकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनका कारण काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जेन–जी पुस्ताको प्रदर्शनको चर्चाबीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ । ‘यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यकताका आधारमा सुरक्षा टोली परिचालन भएको छ’, प्रजिअ रिजालले भने ।

अहिले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म जेन–जी पुस्ता भेला भएको जानकारी आएको बताउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनवटै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए ।

मुलुकमा व्याप्त भ्रष्टाचार, नातावाद, सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेन–जी पुस्ताले आज उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १२ : १२ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष