अपडेट : अर्घाखाँची दुर्घटना, ३ को मृत्यु, ६ घाइते « Khabarhub

अपडेट : अर्घाखाँची दुर्घटना, ३ को मृत्यु, ६ घाइते


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गणेश खनाल
अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्कमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको बोलेरो जीप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेम्गिले जानकारी दिए ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उनकी श्रीमति वर्ष ४६ की श्यामकला खनाल रहेको प्रहरीले जनाएको छ ।

अर्का एक मृतक पुरुष भए पनि उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनाकारी दिए ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सीमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ का आदित्य रेग्मी, लमही ५ दाङ्गकी वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ का जीपका चालक विरेन्द्र श्रेष्ठ, लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाईते भएका छन् ।

घाईते ४ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ५ : २० बजे

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो