यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य | Khabarhub Khabarhub

यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद् तथा विश्लेषक भिमार्जुन आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारको भूमिकामा नालायकीको पराकाष्ठा देखिएको भन्दै शासक बन्ने हक नरहेको बताएका छन् । जेनजी आन्दोलनको विषयमा खबरहबसँग कुरा गर्दै आचार्यले शासकले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

‘यो एकदमै चिन्ताको विषय हो, नालायकीपनको पराकाष्ठा हो, अब यिनीहरूलाई सत्तामा बस्ने, हामी शासक हौँ भन्ने कुनै हक नै बाँकी रहेन, सत्ता छाडिदिनुपर्छ, मार्ग प्रशस्त गरिदिनुपर्छ अब’, उनले भने ।

उनले युवाहरूले गरेको आन्दोलन स्वभाविक भएको भन्दै युवाहरूले करोडौं मानिसको प्रतिनिधित्व गरेको बताए ।

‘आज युवाहरूले गरेको आन्दोलन एकदमै स्वतः स्फूर्त थियो, जेनजी नयाँ पुस्ता जे नाम दिए पनि करोडौं नेपालीको विचारको प्रतिनिधित्व गरेका छन्, किनभने यो देशमा विधिको शासन, सुशासनको विषयमा हेर्ने हो भने त्यसको वेथितिको पराकाष्ठा छ, यस्तो अवस्थामा युवा होस् की जुनसुकै उमेरको मान्छे होस् उसले देशको र भविष्यको चिन्ता गर्नु स्वभाविकै हो’, आचार्यले भने ।

तर, सरकारले ठूलो हताहती हुने बेलासम्म पनि सरकारले कुनै सम्बोधन नगर्ने विषयले सरकारको लाचारीपन, नालायकी र जवाफदेहिता बिहीनताको पराकाष्ठा प्रदर्शन गरेको उनले बताए । जुन विषयले निकै चिन्ता पैदा गरेको आचार्यको भनाइ छ । 

साथै, सोमबार युवाहरूले देशैभरी स्वतःस्फूर्त रूपमा आन्दोलन अगाडि बढाइसकेपछि पनि सरकारले समयमा नै सम्बोधन गरेको भए अहिले भइरहेको क्षति हुन अवस्था विकास नहुने आचार्यले बताए ।

‘सरकारले समयमा नै सम्बोधन गरेको भए प्रदर्शनमा आएका युवाहरूलाई पनि सान्त्वना हुन्थ्यो, तपाईँहरूले उठाएका कुरा जायज हुन्, हामीले यसलाई सम्बोधन गर्छौं, यो कारणले अहिलेसम्म सम्बोधन गर्न सकेनौँ भनेर क्षमा मागेर केही कुरा बोल्दिएको भए पनि ठूलो क्षति हुँदैनथ्यो, यो क्षति कसरी पूर्ति हुन सम्भव छ ?’, आचार्यले प्रश्न गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ५७ बजे

बानेश्वरमा उत्रिएका आन्दोलनकारीसँग अटोमेटिक राइफल (तस्बिरहरू)

काठमाडौँ- नयाँबानेश्वर क्षेत्रमा आन्दोलित युवाहरूले बन्दुक बोकेको देखिएको छ। तीनकुनेबाट

बोहोराटारमा गोली चल्यो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास रहेको क्षेत्र बालाजु

विश्वप्रकाश शर्माको घरमा पनि आगजनी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घरमा आगजनी भएको छ

पोखराका मेयर धनराज आचार्यको घरमा तोडफोड

काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड भएको छ

सरकारले बोलाएको बैठकमा राप्रपा नजाने 

काठमाडौं– जेन-जीको आन्दोलनपछि सरकारले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी