बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक « Khabarhub

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र युद्धविरामको प्रस्तावलाई लिएर पुनः वार्ताको सम्भावना देखिएको छ । इजरायलले हमासलाई वार्तामा सहभागी भएर बन्धकहरू मुक्त गर्न र हतियार त्याग्न आग्रह गरेको छ, भने हमासले वार्ता गर्न सकारात्मक संकेत दिएको छ ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले सार्वजनिक सन्देशमार्फत हमासलाई शान्तिपूर्ण समाधानमा आउन अनुरोध गर्दै भने,’गाजा सहरमा रहेका बन्धकहरूलाई सुरक्षितरूपमा मुक्त गर्न र द्वन्द्व अन्त्यका लागि आवश्यक कदम चाल्न समय आएको छ ।’

उता, हमासले अमेरिकी मध्यस्थतामा प्रस्तुत भएको प्रस्तावलाई विचार गरिरहेको जनाउँदै, स्थायी युद्धविराम, गाजाबाट इजरायली फौजको पूर्ण फिर्ता र स्वतन्त्र प्रशासनको व्यवस्था गर्ने शर्तमा वार्ताका लागि तयारी देखाएको छ ।

गाजा क्षेत्रमा आइतबारको आक्रमणमा कैयौँको ज्यान गएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । पछिल्ला दिनहरूमा इजरायली सेना गाजा सहर वरपर सक्रिय देखिएको छ । केही भवनहरूलाई निशाना बनाइएको छ, जसलाई इजरायलले सैन्य प्रयोजनका लागि प्रयोग गरिएको भनिएको छ, यद्यपि हमासले त्यसलाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ५ : २३ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले