निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै  « Khabarhub

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा तीन जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ । 

‘प्रदर्शनकारी र प्रहरीबीचको झडपमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ’, उनले भने, ‘घाइते अझ कति हुने हुन् थाहा छैन । हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ ।’

अपराह्‍न १२ः०० बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरू उपचारका लागि आउन थालेको उनले बताए। अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए । 

प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरू उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ४७ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही