उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते « Khabarhub

उज्बेकिस्तानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ९ जना घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उज्बेकिस्तानको राजधानी तास्कन्द नजिकको अङ्ग्रेन् क्षेत्र हुँदै जाने तास्कन्द–ओश अन्तरदेशीय राजमार्गमा सेप्टेम्बर ८ आइतबार एक गम्भीर सवारी दुर्घटना भएको छ । आठवटा सवारीसाधन आपसमा ठोक्किँदा  सात जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

उज्बेकिस्तानको आन्तरिक मामिला मन्त्रालयद्वारा प्रकाशित जानकारीअनुसार, ‘शाकमान’ कम्पनीको एक मालवाहक गाडीले अनियन्त्रित भई दुईवटा अन्य मालवाहक सवारी र पाँचवटा यात्रुवाहक गाडीहरूमा ठक्कर दिएको थियो । 

ठक्करपछि केही सवारीसाधनमा आगलागीसमेत भएको बताइएको छ, जसलाई उद्धारकर्मीहरूले तत्काल नियन्त्रणमा लिएका थिए ।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले तिनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ, भने बाँकी चार जनालाई प्राथमिक उपचारपश्चात घर पठाइएको जनाइएको छ ।

सरकारले यस  घटनाको गम्भीरतापूर्वक छानबिन गर्न उपप्रधानमन्त्री ओचिलबोइ रामातोभको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । सो समितिले मृतकका परिवारजनलाई आवश्यक राहत तथा घाइतेहरूलाई पूर्ण उपचार उपलब्ध गराउने कार्य अघि बढाइसकेको छ ।

साथै, घटनाबारे विस्तृत अनुसन्धानका लागि सम्बन्धित निकायमार्फत कानुनी प्रक्रिया प्रारम्भ गरिएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ३५ बजे

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो

सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने

काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको