ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन « Khabarhub

ओलीले तत्काल राजीनामा दिनुपर्छ : वर्षमान पुन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेन-जी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् । 

ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए । 
ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । 

‘जेनजी पुस्ताको आन्दोलनमा भएको बलप्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ, पुनले भने, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वइच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदाङ्गो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’ 

पुनले जेनजी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे । 

अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ । 
शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्यधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे । 

पुनले आन्दोलनरत जेनजीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे । जेनजी मुलुकको भविष्य भएकाले उनीले संयमता र अनुशासनको अपेक्षा गरेको  पुनले बताए । जेनजी आन्दोलनलाई दुरुपयोग गर्न अदृश्य तत्त्वले चलखेल गर्न सक्नेतर्फ सचेत रहन पनि पुनले अपिल गरे । 

पुनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित नि:शुल्क उपचारको प्रबन्ध मिलाउन  सरकारसँग माग गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ३३ बजे

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको

प्रवक्ता महतको तर्क : बालेन र रवि मिल्दैमा कांग्रेसलाई असर गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका

‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो

सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने

काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको