नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ? « Khabarhub

नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ?


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भएको हिंसात्मक प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि महत्वका साथ समाचार प्रकाशन गरेका छन् । जेनजीले आयोजना गरेको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।

समाचार संस्था रोयटर्सले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गर्दा १९ जनाको मृत्यु भएको खबर लेखेको छ । प्रदर्शनकारीले संसद भवन प्रवेश गर्न खोजेपछि आन्दोलन हिंसात्मक भएको रोयटर्समा समचार छ ।

बीबीसीले प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १९ जनाको मृत्यु भएको जनाएको छ । बीबीसीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोधमा जेनजीले आन्दोलन गरेको जनाएको छ ।

त्यसैगरी, अर्को समाचार संस्था एपीले पनि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको जनाएको छ । एपीको समाचारमा हालसम्म १७ जनाको मृत्यु भएको उल्लेख छ । एपीले हिंसात्मक प्रदर्शनमा २८ प्रहरीहरु पनि घाइते भएको जनाएको छ । एपीले सोमबार अबेर पनि छिटफुट प्रदर्शन भइरहेको उल्लेख गरेको छ ।

अमेरिकी टेलिभिजन सीएनएनले पनि एपीकै शैलीमा समाचार छापेको छ । त्यस्तै, समाचार संस्था एफपीको समाचार उद्धृत गर्दै रेडियो फ्रान्स इन्टरन्यासन्यालले (आरएफआईले) नेपालमा भएको प्रदर्शनबारे विस्तृत फिचर लेखेको छ । समाचार छाप्दासम्म प्रदर्शनका क्रममा १४ जनाको ज्यान गएको उल्लेख छ ।

न्यूयोर्क टाइम्सले पनि नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको समाचार लेखेको छ । न्यूयोर्क टाइम्सको समाचारमा कम्तीमा १२ जनाको ज्यान गएको उल्लेख गरिएको छ ।

अल जजीराले प्रदर्शनमा प्रहरीले युवा प्रदर्शनकारीलाई लक्षित गर्दै ‘लाइभ राउण्ड’, अश्रुग्यास र रबरको गोली चलाएको उल्लेख गरेको छ ।

बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन भएको उल्लेख गरेको छ । हिंसात्मक प्रदर्शनमा १९ जनाको ज्यान गएको गार्जियनको समााचारमा उल्लेख गरिएको छ ।

अर्को बेलायती अखबार द इण्डिपेन्डेन्टको अनलाइन संस्करणले प्रदर्शनमा दशौँ हजार जनाको सहभागिता रहेको उल्लेख गरेको छ ।

नेपालमा भएको प्रदर्शनलाई भारतीय सञ्चार माध्यमले पनि उच्च प्राथमिकता दिएर समाचार बनाएका छन् । कतिपय टेलिभिजनले प्रदर्शनको प्रत्यक्ष प्रसारण नै गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : १२ बजे

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो

सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने

काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको

रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक

बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष