वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला « Khabarhub

वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सोमबार जेनजी आन्दोलनमा भएको घटनाप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका छन् ।

उनले शान्तिपूर्ण ढंगले पुस्तक र कापी बोकेर उज्ज्वल भविष्यको सपना देखिरहेका विद्यार्थीमाथि सरकारले गोली प्रहार गरेको भन्दै यसलाई निरंकुशता र क्रुरताको चरम रूप भनेका छन् ।

कोइरालाले आफ्ना प्रियजनहरूको हत्या गरिएको भन्दै आफू मर्माहत भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपूरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरूसँगै छु र रहिरहनेछु ।’

उनले जेनजी युवाहरूका माग समयसापेक्ष र जायज रहेको भन्दै भ्रष्टाचार निर्मूल गर्ने आवाजलाई दबाउन खोज्नु लोकतन्त्रविरोधी प्रवृत्ति भएको टिप्पणी गरे । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई उनले अधिनायकवादसँग तुलना गर्दै आजबाट सरकारको औचित्य समाप्त भएको समेत प्रस्ट पारे ।

कोइरालाले मुलुकमा देखिएका समस्याहरूको समाधान शान्तिपूर्ण र विधिसम्मत ढंगले खोज्नुपर्ने बताउँदै जनतासँगै उभिने अठोट दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ३७ बजे

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००