वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला « Khabarhub

वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सोमबार जेनजी आन्दोलनमा भएको घटनाप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका छन् ।

उनले शान्तिपूर्ण ढंगले पुस्तक र कापी बोकेर उज्ज्वल भविष्यको सपना देखिरहेका विद्यार्थीमाथि सरकारले गोली प्रहार गरेको भन्दै यसलाई निरंकुशता र क्रुरताको चरम रूप भनेका छन् ।

कोइरालाले आफ्ना प्रियजनहरूको हत्या गरिएको भन्दै आफू मर्माहत भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपूरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरूसँगै छु र रहिरहनेछु ।’

उनले जेनजी युवाहरूका माग समयसापेक्ष र जायज रहेको भन्दै भ्रष्टाचार निर्मूल गर्ने आवाजलाई दबाउन खोज्नु लोकतन्त्रविरोधी प्रवृत्ति भएको टिप्पणी गरे । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई उनले अधिनायकवादसँग तुलना गर्दै आजबाट सरकारको औचित्य समाप्त भएको समेत प्रस्ट पारे ।

कोइरालाले मुलुकमा देखिएका समस्याहरूको समाधान शान्तिपूर्ण र विधिसम्मत ढंगले खोज्नुपर्ने बताउँदै जनतासँगै उभिने अठोट दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ३७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र