ओलीलाई भेट्न बालुवाटार पुगे देउवा « Khabarhub

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

काङ्ग्रेस–एमाले सरकारको औचित्य नभएको भन्दै विपक्षीले समेत आलोचना गरेपछि दुई नेताहरू भेट गर्नका लागि जुटेका हुन् । ओलीको सचिवालय सदस्यले खबर हवलाई भने, ‘मन्त्रिपरिषद् बैठकपछि देउबा र प्रधानमन्त्री ओलीबीच छलफल हुन्छ। सायद सामाजिक सञ्जाल खुलाउने विषय र अन्य विषयहरू हुन् । सायद गृहमन्त्री को बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ।’

जेनजी पुस्ताको प्रदर्शनमा हिंसात्मक घटना भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पार्टी पदाधिकारी बैठक समेत राखेका थिए। काङ्ग्रेस बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको थियो।

यता काङ्ग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले भने राजीनामा पत्र बुझाइसकेका छन्। मन्त्रिपरिषद् बैठक चलिरहेकै बेला सभापति देउबाले केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खुलाउन सल्लाह दिएका थिए । तर ओलीले सभापति देउवाको सल्लाह नमानिकन सामाजिक सञ्जाल खुलाउने मन्त्रिपरिषद्बाट निर्णय गर्न सकेका छैनन्।

मन्त्रिपरिषद् बैठकपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच छलफल हुने ओलीको सचिवालय सदस्यले बताए ।प्रधानमन्त्री ओलीले त राजीनामा दिनुहुन्न नि भन्ने प्रश्नमा ओलीको सचिवालय सदस्यले भने, ू सायद त्यसो नहोला तर गृहमन्त्रीले राजीनामा बुझाइसक्नुभएको छ उहाँको ठाउँमा अर्को मान्छे आउनुहुन्छ।ू

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : ०५ बजे

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी