ओलीलाई भेट्न बालुवाटार पुगे देउवा « Khabarhub

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

काङ्ग्रेस–एमाले सरकारको औचित्य नभएको भन्दै विपक्षीले समेत आलोचना गरेपछि दुई नेताहरू भेट गर्नका लागि जुटेका हुन् । ओलीको सचिवालय सदस्यले खबर हवलाई भने, ‘मन्त्रिपरिषद् बैठकपछि देउबा र प्रधानमन्त्री ओलीबीच छलफल हुन्छ। सायद सामाजिक सञ्जाल खुलाउने विषय र अन्य विषयहरू हुन् । सायद गृहमन्त्री को बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ।’

जेनजी पुस्ताको प्रदर्शनमा हिंसात्मक घटना भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पार्टी पदाधिकारी बैठक समेत राखेका थिए। काङ्ग्रेस बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको थियो।

यता काङ्ग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले भने राजीनामा पत्र बुझाइसकेका छन्। मन्त्रिपरिषद् बैठक चलिरहेकै बेला सभापति देउबाले केपी शर्मा ओलीलाई फोन गरेर सामाजिक सञ्जाल खुलाउन सल्लाह दिएका थिए । तर ओलीले सभापति देउवाको सल्लाह नमानिकन सामाजिक सञ्जाल खुलाउने मन्त्रिपरिषद्बाट निर्णय गर्न सकेका छैनन्।

मन्त्रिपरिषद् बैठकपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच छलफल हुने ओलीको सचिवालय सदस्यले बताए ।प्रधानमन्त्री ओलीले त राजीनामा दिनुहुन्न नि भन्ने प्रश्नमा ओलीको सचिवालय सदस्यले भने, ू सायद त्यसो नहोला तर गृहमन्त्रीले राजीनामा बुझाइसक्नुभएको छ उहाँको ठाउँमा अर्को मान्छे आउनुहुन्छ।ू

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : ०५ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र