ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग « Khabarhub

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले चरम भ्रष्टाचारका विरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनलाई सरकारले गरेको दमन लोकतान्त्रिक मूल्य र मान्यतामाथिको गम्भीर अपराध भएको समेत उल्लेख गरेका छन्।

सापकोटाले प्रधानमन्त्रीले आफ्नो नैतिक तथा राजनीतिक आधार पूर्णरूपमा गुमाएकाले राजिनामाको विकल्प नभएको बताएका हुन् । सापकोटाले घाइतेहरूको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : २७ बजे

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)