जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते | Khabarhub Khabarhub

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

निषेधित क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रण लिने र शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीतर्फ १७८ र सशस्त्र प्रहरी बलतर्फ ३० जनाभन्दा बढी घाइते भएका छन् । नेपाल प्रहरीका घाइतेमध्ये ३८ जनाको उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

नयाँ बनेश्वरस्थित सङ्घीय संसद् भवनभित्र प्रवेश गर्न खोजेका आन्दोलनकारी र प्रहरीबीच आज दिनभरजसो झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले संसद् भवन पर्खाल तोडफोड र भवनको दक्षिणतर्फको प्रहरी क्वार्टरमा आगजनी गरेका थिए । प्रदर्शनकारीले सोही ठाउँमा सशस्त्र प्रहरीको एम्बुलेन्समा आगो लगाएका थिए ।

प्रदर्शनकारीले संसद् भवनलाई घेरा हाली प्रवेशका लागि पटकपटक प्रयास गरेका थिए । त्यसक्रममा दुई पक्षबीच झडप परिरह्यो । हालसम्म प्राप्त विवरणअनुसार १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनको समाचार सङ्कलनमा खटिइएका चार जना पत्रकार पनि घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा, इँटा, सिसाका बोतल लागेर घाइते भएका सुरक्षाकर्मीलाई संसद् भवनभित्र रहेको स्वास्थ्योपचार केन्द्रमा उपचार गरिएको थियो । सुरक्षाकर्मीको टाउको, हात, मुखलगायत अङ्गमा चोट लागेको छ । सङ्घीय संसद् सचिवलयका चिकित्सक पुष्पराज रिजाललाई घाइते सुरक्षाकर्मीको प्राथमिक उपचार गर्न भ्याइनभ्याइ परेको थियो ।

प्राथमिक उपचारपछि गम्भीर घाइते सुरक्षाकर्मीलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल ‘रेफर’ गरिएको थियो ।अहिले काठमाडौँ उपत्यकासहित देशभरको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ०१ बजे

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव