भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ « Khabarhub

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो सामाजिक सञ्जाल दर्ता नगर्ने जवाफ पठाएको छ। दर्ता हुन आउन सरकारले गरेको आह्वानपछि एक्सले यस्तो जवाफ पठाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाकारी गराएका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री गुरुङले यो जानकारी दिएका हुन्।

नेपाल सरकारलाई पत्र लेख्दै अपारदर्शिता र भ्रष्टाचार उच्च रहेको मुलुकमा दर्ता नगर्ने उसले प्रष्ट पारेको हो। एक्सले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर नेपालमा दर्ता नगर्ने प्रष्ट पारेको हो।

यो पत्रपछि आक्रोशित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल खोल्नु नहुने भन्दै मन्त्रिपरिषद् बैठकमा निर्णय गराए पनि कांग्रेसको दबाबमा सामाजिक सञ्जाल खोलिएका छन्।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउने निर्णय मन्त्रिपरिषदले नगरेपछि नगरेपछि कांग्रेस सभापति देउवा बालुवाटारमा पुगेका थिए। देउवाले सामाजिक सञ्जाल खोल्नुपर्ने दबाब दिएपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले इन्टरनेट प्रदायकहरुलाई खोल्ने व्यहोराको पत्र पठाएका हुन्।

मन्त्रालयले फेसबुक, एक्स, युट्युबलगायतका प्लाटफर्महरूलाई दर्ताका लागि आह्वान गर्दा अटेर गरेको भन्दै गत १९ गतेदेखि बन्द गरेको थियो।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : ३७ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र