एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा « Khabarhub

एकीकृत समाजवादीबाट जेन–जी आन्दोलनमाथि दमनको निन्दा


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले जेन–जी पुस्ताको आन्दोलनमा भएको दमनको निन्दा गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकपछि जारी विज्ञप्तिमा सरकारको सामाजिक सञ्जाल नियन्त्रण गर्ने निर्णय र त्यसविरुद्ध युवापुस्तामा बढेको असन्तुष्टिलाई वैधानिक आन्दोलनको स्वरूपमा लिनुपर्ने जनाएको छ ।

‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी निर्णयले नौजवान युवाहरू (जेन–जी पुस्ता) मा असन्तुष्टि पैदा भई भ्रष्टाचार तथा कुशासन विरोधी आन्दोलनको रूप लिएको हो । तर सरकार हिंसात्मक दमनमा उत्रिएको छ, जुन लोकतान्त्रिक मूल्यमान्यताको विपरीत छ’, महासचिव घनश्याम भुसालले भनेका छन् ।

भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा लामो समयदेखि सुशासन र रोजगारीको अपेक्षा गरेका जनतालाई निराश पार्ने काम सरकारले गरेको उल्लेख छ। ‘जनताको आवाज सडकमा आउनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले आन्दोलनमाथि भएको दमनको निन्दा गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको जागरणलाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ । साथै सरकारले युवाहरूको जायज माग सम्बोधन गर्नुपर्ने र कुनै पनि प्रकारको दमनकारी गतिविधि नगर्न चेतावनी दिएको छ।

समाजवादीले आन्दोलनलाई उत्तेजनामा पारेर मुठभेडतर्फ धकेल्ने वा जनसमर्थनलाई दुरुपयोग गर्ने प्रयासबाट सचेत रहन देशभरका आन्दोलनकारीलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ३४ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र