काठमाडौं– जेन–जी पुस्ताले थालेको आन्दोलन नेताहरू तर्फ केन्द्रीत हुन थालेको छ । आन्दोलनकारीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी गरेका छन् ।
उनीहरूले कैलालीको धनगढीस्थित राणाको घरमा आगजनी गरेका हुन् । तीन सयभन्दा बढीको संख्यामा आएका आन्दोलनकारीले घरमा आगजनी गरेको प्रतयक्षदर्शीले जानकारी दिएका छन् ।
धनगढीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पनि आन्दोलनकारी छिरेका छन् ।
थप सुरक्षाबल तैनाथ गरिए पनि मंगलबार दिउँसो आन्दोलनकारीको समूह देउवाको निवासमा छिरेको हो ।
अहिले आन्दोलनकारीको ठूलो समूह देउवाको निवासमा पसिसकेको छ । यो समूहले देउवा निवासमा आगजनी कोसिस गरिरहेको छ ।



प्रतिक्रिया