नेपालको आन्दोलनबारे भारतले भन्यो- संयम अपनाएर संवादमार्फत् समाधान खोज्नू « Khabarhub

नेपालको आन्दोलनबारे भारतले भन्यो- संयम अपनाएर संवादमार्फत् समाधान खोज्नू


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा भइरहेको हालैको घटनाक्रमबारे भारतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार प्रेस वक्तव्य निकालेर संयम अपनाउन र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।

भारतीय विदेश मन्त्रालयले आन्दोलनका क्रममा धेरै युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी मृतक परिवारसँग गहिरो संवेदना प्रकट गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

भारतले नेपालसँगको मित्रता र छिमेकी सम्बन्धलाई जोड दिँदै राजनीतिक तथा सामाजिक प्रश्नहरू शान्तिपूर्ण संवादद्वारा समाधान गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा काठमाडौंसहित नेपालका विभिन्न शहरहरूमा लगाइएको कर्फ्युबारे पनि जानकारी दिँदै नेपालमा रहेका भारतीय नागरिकलाई सावधानी अपनाउन र स्थानीय प्रशासनले जारी गरेको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ५८ बजे

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य