नेपालको आन्दोलनबारे भारतले भन्यो- संयम अपनाएर संवादमार्फत् समाधान खोज्नू « Khabarhub

नेपालको आन्दोलनबारे भारतले भन्यो- संयम अपनाएर संवादमार्फत् समाधान खोज्नू


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा भइरहेको हालैको घटनाक्रमबारे भारतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार प्रेस वक्तव्य निकालेर संयम अपनाउन र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।

भारतीय विदेश मन्त्रालयले आन्दोलनका क्रममा धेरै युवाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी मृतक परिवारसँग गहिरो संवेदना प्रकट गर्दछौं । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

भारतले नेपालसँगको मित्रता र छिमेकी सम्बन्धलाई जोड दिँदै राजनीतिक तथा सामाजिक प्रश्नहरू शान्तिपूर्ण संवादद्वारा समाधान गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा काठमाडौंसहित नेपालका विभिन्न शहरहरूमा लगाइएको कर्फ्युबारे पनि जानकारी दिँदै नेपालमा रहेका भारतीय नागरिकलाई सावधानी अपनाउन र स्थानीय प्रशासनले जारी गरेको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र