प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संवादमार्फत् अघि बढ्न अपील


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीसहित देशका विभिन्न भागमा हिजो भएको प्रदर्शन र त्यसपछि देखिएका घटनाप्रति दुःख प्रकट गर्दै संयमित हुन नागरिकलाई अपिल गरेका छन्।

प्रधानमन्त्रीले सोमबार जारी अपिलमा भनेका छन्, ‘कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा हुँदैन। शान्तिपूर्ण तथा संवादकै माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो।’

उनी अहिले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्दै संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै मंगलबार साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरिएको जानकारी दिएका छन्।

अपीलमार्फत् प्रधानमन्त्री ओलीले सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई यो विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ०२ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका