पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवापुस्ताको आन्दोलनमा हिंसा गलत, जायज माग पूरा गरौँ « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : युवापुस्ताको आन्दोलनमा हिंसा गलत, जायज माग पूरा गरौँ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित जेन-जी पुस्ताले सुरू गरेको आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेकी छन्।

मंगलबार विज्ञप्ति निकालेर उनले प्रहरीको गोली लागेर ठूलो संख्यामा विद्यार्थीले ज्यान गुमाएको घटनाबाट आफू मर्माहत भएको बताएकी छन् ।

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

भण्डारीले आन्दोलनमा युवा पुस्ताले उठाएका मागलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘नेपाल सरकार, राजनीतिक दल र सरोकारवालाहरूले संवेदनशील भई वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न आवश्यक छ।’

उनले हालको तनावलाई संवेदनशील ढंगले समाधान गर्न सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : २५ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय