ओली क्याबिनेट छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो « Khabarhub

ओली क्याबिनेट छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी ओली अध्यक्षताको मन्त्रिपरिषद्‌ (क्याबिनेट) छाड्ने मन्त्रीको सङ्ख्या चार पुगेको छ ।

सोमबार भएको जेन-जी प्रदर्शनमा भएको निर्मम दमनपछि नागरिक आक्रोश बढ्दा तीन विभागीय मन्त्रीले राजीनामा दिइसकेका छन्‌ ।

गृहमन्त्री रमेश लेखकले हिजो बेलुकी नै राजीनामा दिएका थिए । कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवले आज राजीनामा घोषणा गरेका हुन्‌ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने बताइसकेका छन्‌ ।

प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरिसकेका छन्‌ । महामन्त्री गगन थापाले पनि पार्टीले अब सरकारमा बसिरहने औचित्य सकिएको बताएका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ३६ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार