ओली क्याबिनेट छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो « Khabarhub

ओली क्याबिनेट छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी ओली अध्यक्षताको मन्त्रिपरिषद्‌ (क्याबिनेट) छाड्ने मन्त्रीको सङ्ख्या चार पुगेको छ ।

सोमबार भएको जेन-जी प्रदर्शनमा भएको निर्मम दमनपछि नागरिक आक्रोश बढ्दा तीन विभागीय मन्त्रीले राजीनामा दिइसकेका छन्‌ ।

गृहमन्त्री रमेश लेखकले हिजो बेलुकी नै राजीनामा दिएका थिए । कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवले आज राजीनामा घोषणा गरेका हुन्‌ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने बताइसकेका छन्‌ ।

प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरिसकेका छन्‌ । महामन्त्री गगन थापाले पनि पार्टीले अब सरकारमा बसिरहने औचित्य सकिएको बताएका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ३६ बजे

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको

विश्व प्रविधि प्रभुत्व बढाउँदै चीन

काठमाडौं – चीनका सहरहरूले पहिलोपटक विश्वका शीर्ष दस वैज्ञानिक अनुसन्धान

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा