एमालेनिकट अखिल अध्यक्ष कडरियाद्वारा पद त्यागको घोषणा  « Khabarhub

एमालेनिकट अखिल अध्यक्ष कडरियाद्वारा पद त्यागको घोषणा 


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले राजीनामाको घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष कडरियाले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन,’ उनले लेखेका छन्, ‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कुले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।’

अध्यक्ष कडरियाले लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।’ 

उनले जनताको सेवामा निरन्तर लाग्ने भन्दै सरकारले जनताको भावनाविपरीत आन्दोलनलाई दबाउन खोजिरहेको अनुभूति भएको पनि उल्लेख गरेका छन् । ‘यसको नतिजा भयावह हुनेछ । मेरो जीवनको सबैभन्दा कालो दिन १,’ कडरियाले लेखेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १ : ३४ बजे

इरानलाई २२ देशको संयुक्त चेतावनी

एजेन्सी– संयुक्त राज्य अमेरिका, बेलायत, विभिन्न युरोपेली राष्ट्र तथा अस्ट्रेलियासहित

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ– अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा

प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका

विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले वरिष्ठ नेता वालेन्द्र

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री