एमालेनिकट अखिल अध्यक्ष कडरियाद्वारा पद त्यागको घोषणा  « Khabarhub

एमालेनिकट अखिल अध्यक्ष कडरियाद्वारा पद त्यागको घोषणा 


२४ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष डा. सुजन कडरियाले राजीनामाको घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष कडरियाले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन,’ उनले लेखेका छन्, ‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरूले आज स्कुले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।’

अध्यक्ष कडरियाले लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।’ 

उनले जनताको सेवामा निरन्तर लाग्ने भन्दै सरकारले जनताको भावनाविपरीत आन्दोलनलाई दबाउन खोजिरहेको अनुभूति भएको पनि उल्लेख गरेका छन् । ‘यसको नतिजा भयावह हुनेछ । मेरो जीवनको सबैभन्दा कालो दिन १,’ कडरियाले लेखेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र