प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख « Khabarhub

प्रदर्शनकारीले घर जलाएपछि महामन्त्री थापाकी श्रीमती अञ्जनाले पोखिन् दुःख


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी श्रीमती डा. अञ्जना केसी थापाले साना छोराछारी, वृद्धवृद्धा र अशक्त बसिरहेको आफ्नो घरमा प्रदर्शनकारीले आगो लगाएकोमा दुःख व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो घरमा १४ र ११ वर्षका दुई जना छोरीहरु, ७० वर्षमाथिका वृद्धवृद्धा र अशक्त सदस्य रहेको जनाएकी छिन् ।

परिवारका सदस्य बसेको घरमा प्रदर्शनकारीले आगो लगाएको भन्दै जेनजीप्रति आक्रोश व्यक्त गरेकी छिन् । ‘जेनजीले साँच्चै यही चाहेका हुन् ?’ उनले लेखेकी छिन् ।

उनले यो प्रदर्शनमा हाम्रा जेनजीको मात्रै उपस्थित भएकोमा आफूलाई विश्वास नरहेको पनि उल्लेख गरिन् । आफ्ना केटाकेटीले रगत र मृत्यु नचाहेको उनको भनाइ छ ।

उनीहरुले परिवर्तन चाहेको र गगनले सधैँ यसैका लागि संघर्ष गरिरहेको उनले लेखेकी छिन् । उनले आफ्ना केटाकेटीले रगतको खोलोमा नुहाउन खोजेकोमा आफूलाई विश्वास नरहेको बताइन् ।

यसअघि प्रदर्शनकारीले रातोपुलस्थित महामन्त्री थापाको घरमा आगजनी गरेका थिए । अहिले मुलुकका विभिन्न स्थानमा व्यापक प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले दलका नेताहरुलाई निशाना बनाएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : ०८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय