बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन « Khabarhub

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा व्यापक आन्दोलन चलिरहेको थियो । १५ वर्षदेखि शेख हसिना प्रधानमन्त्री थिइन् । हसिनाले स्वतन्त्रता सङ्ग्राम लडेका सैनिकका सन्तानलाई सरकारी सेवामा कोटा बढाएको विरोधमा शुरु भएको आन्दोलन चर्किँदै थियो ।

पछि हसिनाले कोटा बढाउने कदमबाट पछि हटिन् । तर, आन्दोलन थामिएन । आन्दोलनकारीले सरकारी कार्यालय, नेता मन्त्रीका घरमा प्रवेश गरी तोडफोड र आगजनी गर्न लागे ।

सुरक्षाकर्मीले आन्दोलन दबाउन बल प्रयोग ग¥यो । सुरक्षाकर्मीको गोली लागेर सयौँ आन्दोलनकारी मारिए । सुरक्षामर्कीको दमनले आन्दोलन अझ उग्र भयो । सुरक्षाकर्मीले आन्दोलन नियन्त्रणमा लिन सकेनन् ।

हसिनालाई सेनाले साथ देला भन्ने अपेक्षा थियो । सेनाले साथ दिए आन्दोलनलाई जसरी भएपनि दबाएरै छाड्ने उनको विचार थियो । हुन पनि सेनाप्रमुख वाकार उज–जमान हसिनाका टाढाका नातेदार पर्थे ।

अगस्टको पहिलो साता आन्दोलन चर्किन थालेपछि जमानसँग हसिनाले संवाद गरिन् । तर, जमानले हसिनाको पक्ष लिन मानेनन् । उनले हसिनालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे ।

विद्यार्थी र युवाको नेतृत्वमा भएको आन्दोलन दबाउन सेनाले साथ नदिने भएपछि गत वर्ष अगस्ट ५ का दिन हसिनाले घुँडा टेकिन् । उनले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति मोहम्मद शहाबुद्दिनले संसद भङ्गको घोषणा गरे । उनी भागेर भारत पुगिन् । अझै उनी भारतमै बसिरहेकी छिन् ।

त्यसपछि सेनाप्रमुख जमानले पत्रकार सम्मेलन आयोजना गर्दै देशको सम्पूर्ण व्यवस्था आफूले नियन्त्रणमा लिएको घोषणा गरे । उनले प्रदर्शनकारीको माग पूरा गर्न सेनाले पूर्ण साथ दिने बाचा गरे । उनले सबै पक्षलाई वार्तामा आउन र छलफल गरी अन्तरिम सरकार गठन गर्न आह्वान पनि गरे ।

जमानको आह्वानअनुसार आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरु, अन्य दलका नेताहरु, बुद्धिजीवि र अन्य नागरिक समाजका अगुवाहरुको बैठक डाकियो । बैठकको निर्णयअनुसार राष्ट्रपति शाहबुद्दिनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारप्रमुख नियुक्त गरे ।

त्यसबेला युनुस स्वास्थ्य जाँचका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । तर, आन्दोलनकारीको विशेष आग्रहमा उनी बङ्गलादेश फर्किए ।

पछि उनले विद्यार्थी नेता, नागरिक समाजका अगुवा लगायत सम्मिलित मन्त्रिपरिषद गठन गरे । युनुसलाई नयाँ निर्वाचन गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रमुख सल्लाहकार पद दिएर नेतृत्व प्रदान गरियो । अहिले पनि उनै युनुसले बङ्गलादेशको अन्तरिम सरकार चलाइरहेका छन् ।

उनले अर्को वर्षको फेब्रुअरी महिनामा निर्वाचन गराउने बाचा गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ४ : ०३ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि