ललितपुर- सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् ।
उनीहरू केही बेरअघि नख्खु कारागारबाट एकसाथ बाहिरिएका हुन् । नख्खु कारागारमा कम्तीमा पनि १ हजार ५ सय जना कैदी थिए ।
प्रहरीले सुरक्षाबाट हात उठाएसँगै कैदीहरू बाहिर निस्किन थालेका छन् । यसका कारण सुरक्षा जोखिम उच्च भएको छ ।
प्रतिक्रिया