प्रधान सेनापति सिग्देलले भिडियो सम्बोधन गर्दै « Khabarhub

प्रधान सेनापति सिग्देलले भिडियो सम्बोधन गर्दै


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो घटना परिस्थितिबारे जानकारी दिन भिडियो सम्बोधन गर्न लागेका छन् ।

प्रधानसेनापति सिग्देलले जेन-जी आन्दोलनपछिको घटनाक्रमबारे देशबासीलाई जानकारी गराउन लागेका हुन् ।

सिग्देलले शान्ति सुरक्षा कायम गर्नका लागि सबै नागरिक समक्ष अपिल गर्न लागेका हुन् ।

यसअघि नेपाली सेनाले जेन-जी आन्दोलनको विश्लेषण गरिरहेको जनाएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले दुःखसमेत व्यक्त गरेको छ ।

नेपाली सेना, जनसम्पर्क निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको थियो, ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको छ ।’

सेनाले सार्वजनिक सम्पत्तिको रक्षा हुनुपर्ने बताउँदै विज्ञप्तिमा भनेको थियो, ‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेनाले सबैमा अपिल गरेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ७ : १५ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार