जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ « Khabarhub

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान सचिव पारस खड्काले जारी आन्दोलनको क्रममा संयमता अपनाउन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै यो विद्रोहमा जनताको जीत भइसकेको भन्दै अब नयाँ नेपालको निर्माणतर्फ लाग्नुपर्ने बताएका छन्।

“यो विद्रोहमा यहाँको जीत भइसकेको छ। परिवर्तनको यो लडाइँमा अब सबैजनाले संयमता अपनाई नयाँ नेपालको सिर्जनामा सहयोग गर्नुहोस्,” उनले लेखेका छन्।

उनले आक्रोश र रिसलाई सकारात्मक सोच र योजनामा बदल्नुपर्नेमा जोड दिएका छन्। खड्काले भनेका छन्, “यो रिसलाई अब देश बनाउने सोच, विचार अनि योजनामा बदल्नुपर्छ। हामी अघिल्लो पुस्ताभन्दा फरक छौँ भनेर प्रमाणित गर्ने योभन्दा सही समय अरू हुँदैन।”

पारसले सबै आन्दोलनकारी र नागरिकलाई संयमित भएर अगाडि बढ्न आग्रह गर्दै नयाँ नेपाल निर्माणमा एकताबद्ध भई लाग्नुपर्ने संदेश दिएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ८ : ५४ बजे

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ ।

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा

श्रीकृष्ण विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका एक युवकको

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

काठमाडौं – काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ ।

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति