जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु « Khabarhub

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले काठमाडौँमा बैङ्क लुटपाट गर्न थालेको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क बानेश्वर शाखामा लुटपाट भइरहेको खबर एकजना कर्मचारीले दिएका छन् । ती कर्मचारीका अनुसार लुटपाटमा जेन-जी भन्दा अन्य अराजक व्यक्तिहरू देखिएका छन् ।

पहिलो दिन सोमबार भएको प्रदर्शनमा सरकारले दमन गरेपछि आक्रोशित प्रदर्शनकारीले आज देशका महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा आगजनी गरी तहसनहस पारिदिएका छन्‌ ।

संसद्‌ भवन, सर्वोच्च अदालत र सिंहदरबारमा लागेको आगो अझै निभाउन सकिएको छैन । जेन-जी प्रदर्शन आयोजकहरूले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन निरन्तर आग्रह गर्दा पनि प्रदर्शनकारीहरूले राज्यका महत्वपूर्ण निकायमा आगजनी गरेका हुन्‌ ।

स्थिति निरन्तर नियन्त्रणबाहिर गएपछि आजै राती १० बजेदेखि नेपाली सेना परिचालन हुँदैछ । सेनाले आन्दोलन फिर्ता लिएर वार्तामा आउन जेन-जी अभियानलाई आग्रह पनि गरिसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ९ : ४३ बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल