नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी « Khabarhub

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

'नेपालको घटनाक्रमबारे विस्तृत छलफल भयो'


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको उल्लेख गरेका छन्।

मंगलबार भारतको मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा छलफल भएको र हिंसा हृदयविदारक भएको उनले सामाजिक सञ्जाल एक्समार्फत् बताएका हुन्।

‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा विस्तृत छलफल भएको छ’, मोदीले लेखेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ।’

मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपिल गरेका छन्।

उनले थप लेखेका छन्, ‘म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।’

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : ४९ बजे

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल