प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई « Khabarhub

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब आगो निभाउने काममा लाग्न अनुरोध गरेका छन् ।

आन्दोलनमा भेडाको खोल खोढेर आउने ब्याँसाहरु’सँग सचेत हुन नसक्दा कानुन बनाउने थलो संसद, कार्यान्वयन गर्ने सिंहदबार, कानुनको व्याख्या र न्याय निरुपण गर्ने थलो अदालत जलेकोभन्दै बाबुरामले अब आगो निभाउन अनुरोध गरेका छन् ।

बाबुरामले फेसबुकमा लेखेका छन्, ‘प्रिय Gen-Z का नवयुवा साथीहरू,शायद ‘Revolurion’ अब ‘Counter-Revoltion’ मा परिणत हुँदैछ। मैले शुरूमा तपाईंहरूलाई समर्थन गर्ने क्रममा भनेको थिएँ- ‘भेडाको खोल ओढेर आउने ब्वाँसाहरू’ संग सतर्क रहनुहोला! शायद तिनीहरू तपाईंहरूको आन्दोलनमा पसिसके! देशको लोकतान्त्रिक कानून बनाउने थलो संसद, कार्यान्यन गर्ने थलो सिंहदरबार, कानूनको व्याख्या र न्याय निरूपण गर्ने थलो अदालत, शान्तिसुरक्षा कायम गर्ने थलो गृह मन्त्रालय, राजनीतिक दिशावोध गर्ने थलो दलहरूका कार्यालय, राम्रो/नराम्रो जे भए पनि लोकतन्त्रनिम्ति लडेका शीर्ष राजनीतिक दलका नेताको निवास आदि छानीछानी आगो लगाउने काम तपाईंहरूले पक्कै गर्नुभएको हैन।’

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ८ : २७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र