रोकिएन जेन-जीका नाममा लुटपाट, भाटभटेनीमा पसेका चारजना समातिए, भागेका २६ कैदी नियन्त्रणमा « Khabarhub

रोकिएन जेन-जीका नाममा लुटपाट, भाटभटेनीमा पसेका चारजना समातिए, भागेका २६ कैदी नियन्त्रणमा


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार देशभर भएको विध्वंशपछि पनि लुटपाट रोकिएको छैन। बुधबार नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन हुँदा पनि संघीय राजधानी र जिल्लामा लुटपाट र आपराधिक गतिविधि रोकिएका छैनन् ।

काठमाठडौँको महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ४ जनालाई बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको बीचमा नेपाली सेनासहितका सुरक्षाअधिकारीले पक्राउ गरेका छन् ।

त्यसैगरी, डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौज देखेपछि छाडेर भागेको २३ लाख २५ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर २५०० सुरक्षाकर्मीले बरामद गरेका छन्।

यसबीचमा सुरक्षाकर्मीहरूले लुटिएका थप एक नालसहित हालसम्म ३२ नाल हतियार फिर्ता गर्न सफल भएका छन्।

यस्तै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केका कैदीमध्ये २६ जनालाई नियन्त्रणमा लिइएको छ । काठमाडौँको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयासलाई पनि सेनाले रोकेको छ।

सुरक्षा निकायले राजधानीलगायत देशभर निगरानी थप कडा पारेका नेपाली सेनाले जनाएको छ । बाँकी घटनामा समेत संलग्नलाई चाँडै कानूनी दायरामा ल्याइने सेनाले जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ४९ बजे

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका

सत्तामोहले थला परेको कांग्रेस

नेपाली काँग्रेस देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । नेपालमा