काठमाडौं– नेपाली सेनाले बुधबार महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेको छ ।
सेनाले डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात् छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र २५०० अमेरिकी डलर बरामद गरेको सेनाले जानकारी दिएको छ ।
‘सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ’, सेनाले भनेको छ, ‘साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरुलाई रोकिएको छ ।’
प्रतिक्रिया