कञ्चनपुर प्रशासनको निर्देशन- सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउनू « Khabarhub

कञ्चनपुर प्रशासनको निर्देशन- सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउनू


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– स्थानीय प्रशासनले जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा सुरक्षाकर्मीलाई बुझाउन निर्देशन दिएको छ । 

जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर आन्दोलनकारी समूहलाई अनधिकृत हातहतियार तथा गोलीगठ्ठा सुरक्षाकर्मीहरूलाई बुझाउन भनेको हो । 

जिल्ला प्रशासनले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाकहरूको अनधिकृत प्रयोग नगर्नसमेत भनेको छ । 

प्रशासन कार्यालयले हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानूनबमोजिम कारबाही गरिने पनि चेतावनी दिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ३ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र