काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन् । उनीहरूले जुम बैठकबाट सबैको आवाज समेटेर एजेन्डा बनाउन लागेका हुन् ।
बैठकमा केही जेनजी पुस्ताले एजेन्डा प्रस्तुत गरेर भोटिङ गर्ने र त्यो एजेन्डा प्रधान लिएर सेनापतिसँग वार्ता गर्ने बताइरहेका छन् ।
बैठकमा उनीहरूले सबैले मान्य लिडर तोकेर, राष्ट्रपति र प्रधानसेनापतीलाई आफ्ना एजेन्डा प्रस्तुत गर्नुपर्ने सल्लाह गरिरहेका छन् ।
लिडर तोकेर एजेन्डा प्रस्तुत गर्दा संयमित र पदीय जिम्मेवारीहरूको पनि ख्याल गर्नुपर्ने उनहरूले बैठकमा भनिरहेका छन् । कुनै जेनजीले सम्पूर्ण जेनजीको आवाज एककृत हुन नसके समस्या हुने भन्दै सम्पूर्णलाई लिखित रूपमा एजेन्डा तयार पार्न भनिरहेका छन् ।
जुम बैठकमा अहिले करिब ४ सय प्रतिनिधि जोडिएका छन् । उनीहरूले नितान्त व्यक्तिगत कुराहरूलाई एजेण्डामा राख्नु नहुने बताइरहेका छन् ।
बैठकमा आइटीसँग जानकार युवाले लाइभमै एजेन्डा प्रस्तुत गर्नुपर्ने बताइरहेका छन् । उनीहरूले कुनै राजनीतिक दलसँग आबद्ध भएको व्यक्तिलाई लिडर नतोकिने बताइरहेका छन् ।
प्रतिक्रिया