संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ « Khabarhub

संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद् विपिन अधिकारीले राजनीतिक हिसाबले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले सरकारको अन्तरिम नेतृत्व लिन मिल्ने बताएका छन् ।

जेन्जी पुस्ताले बुधबार सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व बनाउने विषयमा लगभग सहमति जुटाएपछि खबरहबले अधिकारीसँग सम्पर्क गरेको थियो । 

अधिकारीले संवैधानिक हिसाबले पूर्वप्रधान न्यायाधीशले सरकारको नेतृत्व गर्न नमिल्ने भए पनि राजनीतिक हिसाबले अन्तरिमकालीन सरकारका लागि नेतृत्व गर्न मिल्ने बताएका हुन् । 

‘राजनीतिक हिसाबले उहाँले नेतृत्व गर्न मिल्छ । अन्तरिम सरकारको नेतृत्व केही समय गरेपछि उहाँले निर्वाचन गराउनुपर्छ । अधिकारीले खबरहबसँग भने, ‘खिलाराज रेग्मीलाई पनि राजनीतिक हिसाबले नै नेतृत्व दिएको हो । यसरी नै कार्कीलाई पनि दिन मिल्छ । तर चाँडोभन्दा चाँडो उहाँले निर्वाचन गराउनुपर्ने हुन्छ।’

अधिकारीले दुई तिहाइ सरकारको हैसियत समाप्त भइसके पछाडि राजनीतिक हिसाबले कार्कीलाई नेतृत्वमा अगाडि बढाउँदा कुनै समस्या नहुने बताए ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ६ : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र