म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा « Khabarhub

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भागेका २३ जना र कास्की कारागारबाट भागेर आएका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ ।

म्याग्दी कारागारबाट ७२ जना कैदीबन्दीहरू बुधबार बिहान भागेका थिए । कैदीबन्दी भागेपछि बिहान साढे १० बजेदेखि बेनी बजार र आसपासको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भागेका कैदीबन्दीको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

अठासी जना कैदीबन्दी रहेको कारागारमा बिरामी र हिड्न नसक्ने १२ जना भाग्न सकेनन् । चार जनालाई प्रहरीले भाग्ने क्रममा नियन्त्रणमा लिएको थियो । बिहान सात बजेतिर हुलदङ्गा गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागारमा पुगेका समूहले कैदीबन्दीहरूलाई सवारी साधनमा राखेर भगाएका थिए ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : १८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र