धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाले बुधबार जेनजी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो ।
धादिङको गजुरीस्थित भैरबनाथ गणका कर्णेल अशिम श्रेष्ठले लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका तीनै जना जबरजस्ती करणीको मुद्दामा सजाय भोगिरहेको खुलेको छ भने तीनै जनालाई प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
प्रतिक्रिया